अमृत बास्कुने
प्यूठान बाट
तस्वीर : अमृत बासकुने
प्यूठानको बिजुवार एक टिकुरिमा घर भयकि पत्रकार बिन्दू परियार उपचार गर्ने पैसा नभय पछि बिस्तारामै मृतु संग पैठेजोरि खेलिरहेकी छन् ।
दुइ बर्ष अघि देखि पत्रकारिता गर्न सुरु गरेकि २५ बर्षिय बिन्दु परियार सामुदायीक रेडियो माण्डबि ९७ मेगाहर्जमा समाचार लेख्ने र लोक माजरि कार्यक्रम चलाउने गर्दथिन । बिन्दु औसधि नपाय पछि जेठ महिना देखि बिस्तारामा मृत्युसगं पैठेजारि खेलेर बस्नु परेको ६१ ब्र्षिय आमा सुमित्रा परियारले रुदै बताउनु भयो । साथै उहाले गरिबिका कारण औसधि किन्ने पैसा नभय पछि छोरि बिस्तारामा खाडा परेको बताउनु भयो ।
Read More…
पैसा नभए पछि मृत्यु सगं पैठेजोरि खेल्दै छन पत्रकार बिन्दू
Posted in समाचारहरु
सुजातालाई प्रम र्समर्थन गर्न सक्ने माओवादी नेताको संकेत
माओवादी जनमुक्ति सेनाका डेपुटी कमान्डर एवम् एकीकृत नेकपा (माओवादी)का सभासद् वर्षान पुन ँअनन्त’ ले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी पुत्री एवम् परराष्ट्रमन्त्री सुजाता कोइरालाको नेतृत्वमा राष्ट्रिय सरकार निर्माण भए माओवादीको र्समर्थन रहने संकेत गर्नुभएको छ।
एकीकृत नेकपा -माओवादी)का अध्यक्ष प्रचण्ड र गिरिजाप्रसाद कोइरालाबीच बुधबार भएको भेटलगत्तै नेता अनन्तले यस्तो अभिव्यक्ति दिनुभएको हो। ँहामी राजनीतिक र्समर्थक चाहन्छौं, सुजाताकै नेतृत्वमा सरकार बनाए पनि हाम्रो विमति रहँदैन’ -उहाँले भन्नुभयो।
माओवादीकै नेतृत्वमा राष्ट्रिय सरकार बन्नुपर्ने भनाइ आइरहेका बेला नेता अनन्तले कोइरालापुत्री सुजाताको नेतृत्वमा हुने वा माओवादीको भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो।
रिपोर्र्टर्स क्लब नेपालद्वारा बिहीबार सेना समायोजन विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले यो सरकारले राष्ट्रपतीय शासन ल्याउन लागेको आरोप लगाउनुभयो। ँराष्ट्रपतिलाई अघि सारेर सेना परिचालन गर्ने ग्य्रान्ड डिजाइन भइरहेको छ’ -उहाँले भन्नुभयो। यो सरकारले सेना समायोजन र संविधान निर्माण गर्न नसक्ने ठोकुवा गर्दै ६ महिनाभित्र सरकार ढल्नेसमेत जिकिर गर्नुभयो। सेना समायोजन विशेष समिति चाँडै भंग हुने तर्क राख्दै उहाँले अहिलेको सरकारसँग कुनै भिजन नभएको बताउनुभयो।
सो कार्यक्रममा सुरक्षाविद् इन्द्रजित र्राई, पर्ूवजर्नेल केशरबहादुर भण्डारी, प्रहरीका पर्ूवअतिरिक्त महानिरीक्षक राजेन्द्रबहादुर सिंह, सेना समायोजन विशेष समितिका सदस्य दीपक भट्टले राजनीतिक सहमति नभई सेना समायोजन हुनै नसक्ने स्पष्ट पार्दै बृहत् शान्तिसम्झौताअनुरूप तत्काल सेना समायोजन गरिनुपर्ने बताउनुभयो।
Posted in समाचारहरु
एमाले भित्रको दक्षिणपन्थी भड्काउ र माओवादी भित्रको उग्रवामपन्थी विचारलाई पराजित नगरी कम्युनिष्ट आन्दोलन सफल हुदैन : वामदेव
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमालेभित्रको दक्षिणपन्थी भड्काउ र माओवादी भित्रको उग्रवामपन्थी विचारलाई पराजित नगरी कम्युनिष्ट आन्दोलन सफल नहुने बताउनुभएको छ। नेकपा एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको एकतीसौं स्मृति दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा वोल्दै उपाध्यक्ष गौतमले समाजवादमा जान अर्को जनक्रान्तिको आवश्यकता नरहेको बताउनुभयो।
Read More…
Posted in 1
माओवादीले बोली फेर्यो’
काठमाडौं, कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले शिविरमा रहेका लडाकुको संविधान निर्माणपछि मात्रै पुनःस्थापना हुने भन्ने माओवादी भनाइ सहमतिविपरीत रहेको बताएका छन् ।
कोइरालाले माओवादी अध्यक्ष प्रचण्डको चरित्र नै ‘कुरा फेरिरहने’ बनेको उल्लेख गर्दै शान्ति प्रक्रियाबाट विचलित हुन खोजेको आरोप पनि लगाए । ‘हुन त मैले नै शान्ति प्रक्रियामा ल्याएँ, म कसरी प्रचण्डजीकै खिलाफमा बोल्ने ?’ बीपी स्मृति दिवसमा नेविसंघद्वारा मंगलबार आयोजित कार्यक्रममा उनले भने, ‘संविधान निर्माणपछि लडाकु पुनःस्थापना गर्ने अभिव्यक्तिले कतै प्रचण्डजी शान्ति प्रक्रियाबाट विचलित हुन खोजेका त होइनन्, आशंका उठेको छ ।’ Read More…
Posted in समाचारहरु
पुष्पकमल त केटाकेटीको स्कुलमा विज्ञान विषय पढाउने साधारण शिक्षक मात्र हो : मातृका यादव
पुनर्गठित नेकपा माओवादीका नेता मातृका यादवले गरिखाने जनतालाई छाड्ने पुष्पकमल दाहाललाई छाडेर अघि बढेको बताएका छन्। ‘जनयुद्ध सुरु गरिएको समयको प्रचण्ड अहिले पुष्पकमल दाहाल बनेको छ,’ सोमबार जनकपुरमा पार्टी केन्दि्रय भेलामा यादवले भने, ‘पुष्पकमल त केटाकेटीको स्कुलमा विज्ञान विषय पढाउने साधारण शिक्षक मात्र हो।’ Read More…
यसरी बाचियो
रमेश जीसी/अफगानिस्तान
कान्दाहार विमानस्थलबाट आधा घन्टा टाढाको उडानमा पुगिने स्टिमबुडेक बेसतिर तोकिएको कन्स्ट्रक्सनमा काम सुरु गर्न छ जना नेपाली खटिएका थियौं । छ जना नै हेलिकप्टरको सबैभन्दा पछिल्लो सिटमा थियौं । सबैले सिटबेल्ट बाँधेका थियौं । हेलिकप्टरले धावनमार्ग छाडेर उडिसकेको थियो, एकाएक एक/दुई मिनेटमै घ्याच्च गर्दै यसको चक्काले भुइँ छोएको थाहा भयो । त्यो बेला हामीलाई पछिल्लो ढोकाको सानो खापा अलिकति खुलेको झैं लाग्यो । त्यहाँबाट अलिकति उज्यालो छिरेको थियो । अचानक धूवाँको कालोमुस्लो जहाजभित्र पस्यो, आँखै देख्न नसकिने गरी ।
मसँगैको साथी अभिषेक अधिकारीले भन्यो, ‘औउ, बेल्ट खोल, भागौं ।’ अनि हामीले हत्तपत्त सिटबेल्ट खोल्यौं, सुरुमा अभिषेक हाम फाल्यो । अनि मैले पनि हाम फालें । त्यही पछाडिको ढोका ठेलेर तल धावनमार्गमा हाम फाल्नासाथ हामी झन्डै ५० मिटरजति अन्धाधुन्ध दौड्यौं । अनि पर्तिरबाट आउँदै गरेको भ्यानसँग सहयोग माग्यौं । त्यही भ्यानमा रिमुट मेडिकल सोलुसन इन्टरनेसनलको स्थानीय क्यानेडियन अस्पतालमा हामीलाई पुर्याइयो । हात र घुँडामा सामान्य चोट लागेकाले उपचारमा त्यति समय लागेन ।
सन् २००६ देखि दुई वर्ष इराकको बग्दादमा गएर होटलको काम गरेको अनुभव मसँग थियो । खतरा वा डरलाग्दो क्षणको अनुभव त्यति थिएन । यसपाला आफू चढेको हेलिकप्टरमा आगलागी भयो । यस्तो हुँदा कमै मान्छे बाँच्छन् भन्ने सुनेको हुँ । तर कसोकसो बाँचियो । तर सँगैका साथीभाइको ज्यान गएकामा मर्माहत छु । अब अभिषेक अस्पतालबाट आजभोलि फिरेपछि घर जाने वा काममा लाग्ने टुंगोमा पुग्नुपर्ला । -कुराकानीमा आधारित)
Posted in समाचारहरु
बाहिरबाट प्रधानन्यायाधीश बन्न पाउने
दुर्गा खनाल
नयाँ व्यवस्थामा कानुनमा स्नातक वरिष्ठ अधिवक्ता वा अधिवक्ताको हैसियतमा कम्तीमा १५ वर्ष निरन्तर वकालत गरेको व्यक्ति प्रधानन्यायाधीश बन्नयोग्य मानिनेछ । कम्तीमा १५ वर्ष न्याय वा कानुन क्षेत्रमा निरन्तर काम गरी विशिष्ट कानुनविदको रूपमा ख्याति प्राप्त गरेको वा न्यायसेवामा प्रथम श्रेणीको अधिकृत भई १२ वर्ष काम गरेको व्यक्ति पनि प्रधानन्यायाधीश बन्ने सक्नेछन् ।
‘प्रधानन्यायाधीश बन्ने दायरालाई फराकिलो पार्न यस्तो प्रावधान प्रस्ताव गरिएको हो’ समितिका सदस्य एवं काग्रेस सभासद् राधेश्याम अधिकारीले कान्तिपुरसँग भने, ‘न्यायाधीश भइरहेकालाई नजरअन्दाज गरी यो प्रावधान ल्याइएको हैन ।’
बाहिरका व्यक्तिलाई सोझै प्रधानन्यायधीश बनाउँदा हुनसक्ने राजनीतिक हस्तक्षेपलाई भने नियुक्ति गर्ने संयन्त्रले नियन्त्रण गर्ने अधिकारीले बताए । ‘बाहिरबाट सीधै ल्याउँदा हुनसक्ने राजनीतिक हस्तक्षेपलाई नियुक्ति गर्ने निकायले नियन्त्रण गर्न सक्छ,’ उनले भने ।
समितिले न्यायाधीश नियुक्ति कसरी गर्ने भन्ने विषयमा भने टुंगो लगाउन सकेको छैन । माओवादीले व्यवस्थ्ाापिका अन्तर्गत निर्माण हुने संयन्त्रमार्फत नियुक्ति गर्नुपर्ने अडान राखेको
छ । कांग्रेस, एमालेलगायतले हालको न्यायपरिषद् जस्तो निकाय र संसदीय सुनुवाइलाई प्रभावकारी बनाई नियुक्ति गर्नुपर्ने तर्क गरेका छन् । यो विषयमा सहमति नभएपछि अब फरक मतसहित प्रस्ताव पारित हुने सम्भावना छ । पूर्वन्यायाधीश लक्ष्मणप्रसाद अर्यालले भने, ‘राजनीतिक हस्तक्षेप हुनसक्ने आशंका गरे । उनले अहिलकै जस्तो प्रावधानले नै न्यायपालिकालाई निष्पक्ष राख्ने बताए ।’
’न्यायपालिकालाई बहुआयामिक बनाउनका लागि यस्तो प्रावधान ल्याउनु राम्रो हुन्छ,’ उनले भने, ‘तर यसले राजनीतिक हस्तक्षेप हुन सक्छ ।’ बाहिरको पनि योग्य मानिस ल्याउनका लागि यो व्यवस्थाले सहयोग पुगे पनि त्यसको ग्यारेन्टी नहुने भएकाले यस्तो प्रावधान राख्न उपयुक्त नहुने उनको धारणा
छ । ‘जस्तो संयन्त्र बने पनि अहिले देखिएको स्थिति हेर्दा राजनीतिक रूपमा निष्पक्ष व्यक्ति आउन गार्हो छ,’ उनले भने ।
समितिले नयाँ संविधानमा राज्यस्तरको सर्वोच्च अदालतको प्रधानन्यायाधीश र न्यायाधीशको योग्यता पनि सहमति जुटाएको छ । हालको पुनरावेदन अदालतको हैसियतमा रहने राज्यको सर्वोच्च अदालतमा पनि बाहिरबाट आउनसक्ने प्रावधान राख्न लागिएको छ । अहिले पुनरावेदन अदालतमा न्यायाधीश बाहिरबाट पनि आउनसक्ने प्रावधान छ ।
तीन तहको न्यायालयको अवधारणामा रहेर तयार गर्न लागिएको मस्यौदामा राज्यको सर्वोच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीश बन्नका लागि जिल्ला न्यायाधीशको रूपमा कम्तीमा सात वर्ष काम गरेको र वरिष्ठ अधिवक्ता वा अधिवक्ताको रूपमा कम्तीमा १० वर्ष वकालत गरेको अनुभव हुनुपर्ने उल्लेख छ ।
Posted in समाचारहरु
कटवालको पदावधि थप्ने अफवाह फैलाइएको रक्षामन्त्रीको टिप्पणी
रक्षामन्त्री विद्यादेवी भण्डारीले प्रधानसेनापति रुक्माङ्गत कटवालको पदावधि थप्ने अफवाह फैलाइएको टिप्पणी गरेकी छिन् । आज भारत प्रस्थान गर्नुअघि संचारकर्मीको प्रश्नमा कटवालको पदावधि थप्ने कुनै प्रस्ताव नआएको स्पष्ट पारिन् । प्रधानसेनापतिको पदावधि थप्नेबारे कुनै प्रस्ताव आएको छैन, भण्डारीले भनिन्, पदावधि थप्ने अफवाह फैलाइएको छ । कटवालको पदावधि भदौ २८ गते सकिदैछ । भारत भ्रमणमा सुरक्षालगायतका विषयमा कुराकानी गर्ने बताइन् ।
भण्डारीसुरक्षासैन्य सामाग्री फुकुवाको पहल गर्न त्यसतर्फ प्रस्थान गरेकी हुन् । आफ्ना भारतीय समकक्षीको निमन्त्रणामा भारत प्रस्थान गरेकी रक्षामन्त्री भण्डारीले २०६१ साल माघ १९ मा राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि रोकिएको भारतीय सैनिक सहयोग फुकुवा गर्ने विषयमा मुख्यरुपमा छलफल गर्ने बताइएको छ ।भारतले नेपाली सेनाका लागि फेन्डसीप प्राइज भन्दै ७० प्रतिशत अनुदान र ३० प्रतिशत मूल्यमा सैन्य सामाग्री दिँदै आएको थियो । यद्यपि हाल त्यो सहयोग रोकेको छ । रक्षामन्त्री भण्डारीले त्यो सहयोग फुकुवा गर्ने बताईएको छ ।
Posted in समाचारहरु
थाकिन् तेक्वान्दोकी ‘तारा’
अजय हमाल
सन्यास घोषणा कार्यक्रममा यी ३४ वषर्ीयाले नेपाली तेक्वान्दोबाट धेरै पाएको बताइन् । उनले यस खेललाई बिर्सन सकिनन् र बाँचेसम्म तेक्वान्दोमै लाग्ने बाचा गरिन् । भनिन्, ‘सक्रिय खेलाडी जीवनबाट मात्र संन्यास लिएकी हुँ, तेक्वान्दोबाट टाढा हुने छुइनँ ।’ उनी अब फरक भूमिकामा देखिने छिन्, प्रशिक्षक, रेप|mी वा पदाधिकारी ।
अविवाहित यी खेलाडीले विवाह गर्ने सोच रहेको खुलाइन् र भनिन्, ‘ढिलो/चाँडो न हो, बिहे गर्ने सोच छ ।’ छनोट चरण पार गरी ओलम्पिकमा पाइला राख्ने पहिलो नेपाली खेलाडीको रेकर्ड राखेकी संगीनालाई तेक्वान्दो संघले सन्यास लिँदा झन्डै ३० लाख रुपैयाँको टोयोटा यारिस कार उपहार दियो । सरकारको सहुलियतमा वैद्य अर्गनाइजेसनले कार उपलब्ध गराएको हो ।
नुवाकोटबाट खेल जीवन सुरु गरेकी संगीनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ठूला प्रतियोगिताबाट स्वर्ण पदक मात्रै २० वटा जितिन् ।
एसियाली च्याम्पियनसिपमा
पदक जित्दा र ओलम्पिकका लागि छनोट हुँदाको क्षण ‘जीवनकै खुसी’ को रूपमा सम्भिmन्छिन् उनी । खुसी त थियो नै, ओलम्पिकमा पदक जित्न नसक्दाको क्षणले भने उनलाई निकै दुःखीसमेत तुल्यायो । ‘देशका लागि ओलम्पिकमा पदक दिलाउने धोको थियो,’ उनले भावुक हुँदै भनिन्, ‘तर त्यो अधुरै रह्यो ।’
१६ वर्षे उमेरमा १९९१ बाट खेल जीवन सुरु गरेकी संगीनाले एक वर्षमै स्वर्ण पदक हात पारिन् । झन्डै दुई दर्जन अन्तर्राष्ट्रिय खेल खेलिन् । उनले तेक्वान्दोका सबै प्रकार र स्तरका प्रतियोगिता खेलिन् ।
उनीबाट सन् २००४ मा एथेन्स ओलम्पिकबाट पदक जित्ने आशा भने पूरा भएन । तीनपल्ट दक्षिण एसियाली खेलकुदमा सहभागी संगीनाले दुईपल्ट स्वर्ण पदक चुमिन् भने श्रीलंकामा भएको १० औं संस्करणमा कांस्यमा चित्त बुझाउनुपर्यो । तेक्वान्दोका थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा उनी जहिल्यै अग्रपंक्तिमै रहिन् ।
मोटरसाइकल दुर्घटनाका कारण १९९८ को बैंकक एसियाड गुमाउँदाको क्षणलाई उनी ‘जीवनकै दुर्भाग्य’ का रूपमा लिन्छिन् । ‘दुर्घटनापछि मेरो खेलस्तर खस्किँदै गयो,’ उनले सम्भिmन्, ‘त्यसपछि स्पिड गाह्रो भयो ।’
‘खेलकुदमा लाग्न परिवारको ठूलो भूमिका छ,’ उनी बाबुआमाप्रति जहिल्यै आभारी रहिन्, ‘खेलकुदमा लाग्नेहरू बिग्रन्छन् भन्ने मानसिकता
व्याप्त भएका बेला निर्वाध रूपमा यसमा लाग्न मेरो परिवारले उत्साह थपे ।’ तर उनले सफलताको सूत्रको रूपमा प्रशिक्षक दीपराज गुरुङलाई सम्भिmइन् । खेलमा निरन्तर लाग्नुका पछाडि लाखौं नेपाली समर्थकको माया रहेको बताइन् ।
राष्ट्रिय खेलकुद परिषद कभर्डहलमा भएको कार्यक्रममा उनलाई स्थानीय विकासमन्त्री पूर्णकुमार शेर्माले सम्मानपत्र प्रदान गरे ।
तेक्वान्दो संघका अध्यक्ष रुक्मशमशेर राणाले सन्यासपछि उनको जिम्मेवारी झनै बढेको बताए । ‘संगीना नेपाली तेक्वान्दोकी तारा हुन्,’ उनले भने, ‘उनी तेक्वान्दोमा रहिरहने छिन्, उनको जिम्मेवारी अझ बढेको छ ।’
Posted in समाचारहरु
Recent Comments