Posted by: domnath | July 1, 2009

पूर्वमेयर स्थापितद्वारा ३ करोड अनियमितता

पदमा रहँदा अनियमितता गरेको ठहर गरी विशेष अदालतले काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापितबाट ३ करोड १४ लाख उठाउनुपर्ने फैसला गरेको छ। सो अदालतका अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यद्वय भोलाप्रसाद खरेल र ओमप्रकाश मिश्रको इजलासले अनियमितता भएको उक्त रकम स्थापितबाटै उठाउनुपर्ने गरी मंगलबार फैसला गरेको हो।

स्थापित महानगरपालिकाको मेयर छँदा चुंगीकरमार्फ ३९ करोड उठाउनुपर्ने कर्तव्य तोकिएको थियो। सो रकममध्ये बलम्बु डिपोबाट २५ र अन्य ठाउँबाट १४ करोड रुपियाँ उठाउनुपर्ने कर्तव्य मेयर स्थापितको थियो। बलम्बु डिपोबाट चुंगीकर उठाउनका लागि तत्कालीन मेयर स्थापितले सागरप्रसाद वाग्लेलाई जिम्मा दिनुभएको थियो।

वाग्लेले झन्डै २२ करोड मात्र सो डिपोबाट उठाउन सकेको देखिन्छ। उठाउन नसकिएको ३ करोडभन्दा बढी रकम अनियमितता गरेको ठहर गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त रकम स्थापितबाटै उठाउनुपर्ने गरी निर्देशन दिएको थियो। सो निर्देशनमा चित्त नबुझेका कारण तत्कालीन मेयर स्थापितले विशेष अदालतमा पुनरावेदन दायर गरेका थिए।

विशेष अदालतले पनि पूर्वमेयर स्थापितले नै ३ करोड १४ लाख रुपियाँ महानगरपालिकालाई तिर्नुपर्ने गरी फैसला गरेको हो। तिर्नुपर्ने सो रकमबापत स्थापितले अनामनगरस्थित पिस्तादेवी अग्रवालको नाममा रहेको जग्गा धितो राखेकोमा त्यसमा पनि नक्कली कागज बनाई उक्त जग्गा बेचेको ठहर अदालतले गरेको छ।

महानगरपालिकाबाट नक्कली कागजपत्र बनाई बेच्न सफल भएको ठहर गरी विशेष अदालतले त्यहाँका नायब सुब्बा अनिल सिंह धामीलाई १ महिना कैद हुने ठहर गरेको छ। यसै गरी नक्कली कागजपत्र बनाउने कार्यमा संलग्न रहेका नरेश अग्रवाल र गोपाल जोगाईलाई जनही ३ महिना कैद हुने ठहर विशेष अदालतले गरेको


Responses

  1. यसलाई भ्रस्टाचार भन्न मिल्दैन .


Leave a response

You must be logged in to post a comment.

Categories