Posted by: domnath | July 20, 2009

थाकिन् तेक्वान्दोकी ‘तारा’

अजय हमाल

 

काठमाडौं, खेल्ने मन अझै छ । नेपालको नाम विश्व खेलजगतमा चम्काउने रहर र चाहना मरेको छैन । तर ‘नेपाली तेक्वान्दोकी तारा’ संगीना वैद्यले १८ वर्षे सक्रिय खेल जीवनबाट आइतबार सन्यास लिइन् ।’खेल्ने मन अझै थियो,’ ओलम्पिक यात्रा सुरु गर्ने पहिलो नेपाली खेलाडीको रेकर्ड बनाएकी संगीनाले सन्यास घोषणा गर्दाको क्षण भनिन्, ‘खुट्टाले साथ नदिएपछि छाड्ने यही उपयुक्त समय हो जस्तो लाग्यो ।’

सन्यास घोषणा कार्यक्रममा यी ३४ वषर्ीयाले नेपाली तेक्वान्दोबाट धेरै पाएको बताइन् । उनले यस खेललाई बिर्सन सकिनन् र बाँचेसम्म तेक्वान्दोमै लाग्ने बाचा गरिन् । भनिन्, ‘सक्रिय खेलाडी जीवनबाट मात्र संन्यास लिएकी हुँ, तेक्वान्दोबाट टाढा हुने छुइनँ ।’ उनी अब फरक भूमिकामा देखिने छिन्, प्रशिक्षक, रेप|mी वा पदाधिकारी ।

अविवाहित यी खेलाडीले विवाह गर्ने सोच रहेको खुलाइन् र भनिन्, ‘ढिलो/चाँडो न हो, बिहे गर्ने सोच छ ।’ छनोट चरण पार गरी ओलम्पिकमा पाइला राख्ने पहिलो नेपाली खेलाडीको रेकर्ड राखेकी संगीनालाई तेक्वान्दो संघले सन्यास लिँदा झन्डै ३० लाख रुपैयाँको टोयोटा यारिस कार उपहार दियो । सरकारको सहुलियतमा वैद्य अर्गनाइजेसनले कार उपलब्ध गराएको हो ।

नुवाकोटबाट खेल जीवन सुरु गरेकी संगीनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ठूला प्रतियोगिताबाट स्वर्ण पदक मात्रै २० वटा जितिन् ।

एसियाली च्याम्पियनसिपमा

पदक जित्दा र ओलम्पिकका लागि छनोट हुँदाको क्षण ‘जीवनकै खुसी’ को रूपमा सम्भिmन्छिन् उनी । खुसी त थियो नै, ओलम्पिकमा पदक जित्न नसक्दाको क्षणले भने उनलाई निकै दुःखीसमेत तुल्यायो । ‘देशका लागि ओलम्पिकमा पदक दिलाउने धोको थियो,’ उनले भावुक हुँदै भनिन्, ‘तर त्यो अधुरै रह्यो ।’

१६ वर्षे उमेरमा १९९१ बाट खेल जीवन सुरु गरेकी संगीनाले एक वर्षमै स्वर्ण पदक हात पारिन् । झन्डै दुई दर्जन अन्तर्राष्ट्रिय खेल खेलिन् । उनले तेक्वान्दोका सबै प्रकार र स्तरका प्रतियोगिता खेलिन् ।

उनीबाट सन् २००४ मा एथेन्स ओलम्पिकबाट पदक जित्ने आशा भने पूरा भएन । तीनपल्ट दक्षिण एसियाली खेलकुदमा सहभागी संगीनाले दुईपल्ट स्वर्ण पदक चुमिन् भने श्रीलंकामा भएको १० औं संस्करणमा कांस्यमा चित्त बुझाउनुपर्‍यो । तेक्वान्दोका थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा उनी जहिल्यै अग्रपंक्तिमै रहिन् ।

मोटरसाइकल दुर्घटनाका कारण १९९८ को बैंकक एसियाड गुमाउँदाको क्षणलाई उनी ‘जीवनकै दुर्भाग्य’ का रूपमा लिन्छिन् । ‘दुर्घटनापछि मेरो खेलस्तर खस्किँदै गयो,’ उनले सम्भिmन्, ‘त्यसपछि स्पिड गाह्रो भयो ।’

‘खेलकुदमा लाग्न परिवारको ठूलो भूमिका छ,’ उनी बाबुआमाप्रति जहिल्यै आभारी रहिन्, ‘खेलकुदमा लाग्नेहरू बिग्रन्छन् भन्ने मानसिकता

व्याप्त भएका बेला निर्वाध रूपमा यसमा लाग्न मेरो परिवारले उत्साह थपे ।’ तर उनले  सफलताको सूत्रको रूपमा प्रशिक्षक दीपराज गुरुङलाई सम्भिmइन् । खेलमा निरन्तर लाग्नुका पछाडि लाखौं नेपाली समर्थकको माया रहेको बताइन् ।

राष्ट्रिय खेलकुद परिषद कभर्डहलमा भएको कार्यक्रममा उनलाई स्थानीय विकासमन्त्री पूर्णकुमार शेर्माले सम्मानपत्र प्रदान गरे ।

तेक्वान्दो संघका अध्यक्ष रुक्मशमशेर राणाले सन्यासपछि उनको जिम्मेवारी झनै बढेको बताए । ‘संगीना नेपाली तेक्वान्दोकी तारा हुन्,’ उनले भने, ‘उनी तेक्वान्दोमा रहिरहने छिन्, उनको जिम्मेवारी अझ बढेको छ ।’


Leave a response

You must be logged in to post a comment.

Categories