रक्षामन्त्री विद्यादेवी भण्डारीले प्रधानसेनापति रुक्माङ्गत कटवालको पदावधि थप्ने अफवाह फैलाइएको टिप्पणी गरेकी छिन् । आज भारत प्रस्थान गर्नुअघि संचारकर्मीको प्रश्नमा कटवालको पदावधि थप्ने कुनै प्रस्ताव नआएको स्पष्ट पारिन् । प्रधानसेनापतिको पदावधि थप्नेबारे कुनै प्रस्ताव आएको छैन, भण्डारीले भनिन्, पदावधि थप्ने अफवाह फैलाइएको छ । कटवालको पदावधि भदौ २८ गते सकिदैछ । भारत भ्रमणमा सुरक्षालगायतका विषयमा कुराकानी गर्ने बताइन् ।
भण्डारीसुरक्षासैन्य सामाग्री फुकुवाको पहल गर्न त्यसतर्फ प्रस्थान गरेकी हुन् । आफ्ना भारतीय समकक्षीको निमन्त्रणामा भारत प्रस्थान गरेकी रक्षामन्त्री भण्डारीले २०६१ साल माघ १९ मा राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि रोकिएको भारतीय सैनिक सहयोग फुकुवा गर्ने विषयमा मुख्यरुपमा छलफल गर्ने बताइएको छ ।भारतले नेपाली सेनाका लागि फेन्डसीप प्राइज भन्दै ७० प्रतिशत अनुदान र ३० प्रतिशत मूल्यमा सैन्य सामाग्री दिँदै आएको थियो । यद्यपि हाल त्यो सहयोग रोकेको छ । रक्षामन्त्री भण्डारीले त्यो सहयोग फुकुवा गर्ने बताईएको छ ।