पुनर्गठित नेकपा माओवादीका नेता मातृका यादवले गरिखाने जनतालाई छाड्ने पुष्पकमल दाहाललाई छाडेर अघि बढेको बताएका छन्। ‘जनयुद्ध सुरु गरिएको समयको प्रचण्ड अहिले पुष्पकमल दाहाल बनेको छ,’ सोमबार जनकपुरमा पार्टी केन्दि्रय भेलामा यादवले भने, ‘पुष्पकमल त केटाकेटीको स्कुलमा विज्ञान विषय पढाउने साधारण शिक्षक मात्र हो।’
शोषितपीडित नेपालीलाई मुक्ति दिलाउन जस्तोसुकै क्रान्ति गर्न आफू तयार रहेको यादवले बताए। धनुषालगायत जिल्लामा एकीकृत माओवादीका कार्यकर्ता भ्रष्टाचारमा लिप्त भएको आरोप पनि उनले लगाए। ‘पहिले पनि धोका खाइसकेकाले अब गठन हुने माओवादी पार्टीमा म जोसुकैलाई प्रवेश दिन्न,’ उनले थपे। पौने दुई घन्टा बोलेका यादवले ९० प्रतिशत समय माओवादी अध्यक्ष पुष्पकमल दाहालको आलोचनामा बिताए। भेला उद्घाटन कार्यक्रममा जनमोर्चा नेपालका अध्यक्ष भरत दाहाल, किराँत जनवादी वर्कर्स पार्टी प्रतिनिधि मस्ना, मधेस तराई फोरमका केन्द्रीय सदस्य महेन्द्र राय यादवलगायत आधा दर्जन राजनीतिक दलका प्रतिनिधिले शुभकामना दिएका थिए। तीन दिनसम्म चल्ने भेलाले केन्द्रीय समितिको चयन गर्ने कार्यक्रम छ।
khoi kaslai biswash garne?
http://www.bhutaneseliterature.wordpress.com
By: Ramesh on July 30, 2009
at 11:17 pm