Posted by: domnath | July 24, 2009

एमाले भित्रको दक्षिणपन्थी भड्काउ र माओवादी भित्रको उग्रवामपन्थी विचारलाई पराजित नगरी कम्युनिष्ट आन्दोलन सफल हुदैन : वामदेव

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमालेभित्रको दक्षिणपन्थी भड्काउ र माओवादी भित्रको उग्रवामपन्थी विचारलाई पराजित नगरी कम्युनिष्ट आन्दोलन सफल नहुने बताउनुभएको छ। नेकपा एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको एकतीसौं स्मृति दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा वोल्दै उपाध्यक्ष गौतमले समाजवादमा जान अर्को जनक्रान्तिको आवश्यकता नरहेको बताउनुभयो।
अन्तरक्रियामा एमाले नेतृ तथा पुष्पलाल स्मृती प्रतिष्ठानकी संरक्षक साहाना प्रधानले कम्युनिष्ट पार्टीहरुले पुष्पलालको महत्व नबुझेको गुनासो व्यक्त गर्नुभयो। उपत्यका समन्वय कमिटी र पुष्पलाल स्मृती प्रतिष्ठानद्वारा आयोजित विचार अन्तरक्रिया कार्यक्रम भोलिसम्म चल्ने छ।


Leave a response

You must be logged in to post a comment.

Categories