अमृत बास्कुने
प्यूठान बाट
तस्वीर : अमृत बासकुने
प्यूठानको बिजुवार एक टिकुरिमा घर भयकि पत्रकार बिन्दू परियार उपचार गर्ने पैसा नभय पछि बिस्तारामै मृतु संग पैठेजोरि खेलिरहेकी छन् ।
दुइ बर्ष अघि देखि पत्रकारिता गर्न सुरु गरेकि २५ बर्षिय बिन्दु परियार सामुदायीक रेडियो माण्डबि ९७ मेगाहर्जमा समाचार लेख्ने र लोक माजरि कार्यक्रम चलाउने गर्दथिन । बिन्दु औसधि नपाय पछि जेठ महिना देखि बिस्तारामा मृत्युसगं पैठेजारि खेलेर बस्नु परेको ६१ ब्र्षिय आमा सुमित्रा परियारले रुदै बताउनु भयो । साथै उहाले गरिबिका कारण औसधि किन्ने पैसा नभय पछि छोरि बिस्तारामा खाडा परेको बताउनु भयो ।
पाच बर्ष अघि देखि ब्लड क्यान्सर रोग बाट पिडित पत्रकार बिन्दु परियारलाइ भेट्न गयका आधा दर्जन पत्रकारहरु सगं पिडित बिन्दुले रुदै भनिन् औसधि पाए बाच्ने थियकि औसधि नपायर मर्ने भय के गर्ने नेपालको चितवन क्यान्सर अस्पत्ताल बाट नियमित औसधि खुवाउदै आएको दाजु सन्तोष परियारले बताउनु भयो । उहाले गहभरि आसु झार्दै भन्नु भयो के गर्ने आम्दानि केहि छैन पाच बर्ष सम्म ता जनतन कपडा सिलायको पैसाले हामि दुइ भाइ ले औसधि गर्दै आयका थियौ हामो्रे उपाय नचले पछि बहिनि बिन्दू को चार महिना औसधि छुट्यो त्यसपछि बहिनि बिस्तारामै खाडा परेको सन्तोसले बताउनु भयो । साथै बहिनिको उपचारमा सहयोग गरिदिन आग्रह गर्नुभयो ।
उता दलित जातिकि महिला पत्रकार बिन्दु परियार को उपचारमा सहयोग गरिदिन देश भरका साचार माध्यामसाचार कर्मि सरकार र राजनितिक दलहरुलाइ नेपाल पत्रकार महासंघ प्यूठान शाखाले अनुरोध गरेको छ । भने सामुदायिक रेडियो माण्डबिका अध्यक्ष मेघराज भट्टले पनि महिला पत्रकारको उपचारमा सहयोग गरिदिन देश भरका सामुदायीक रेडियो र साचार माध्याम साचार कर्मि राजनितिक दल र नेपाल सरकारलाइ अनुरोध गर्नु भयको छ ।
उनलाई सहयोग गर्न चाहनु हुन्छ भने सम्पर्क गर्नु होला
म्याग्दीमा अमृत बास्कुने
Posted by: domnath | October 9, 2009
पैसा नभए पछि मृत्यु सगं पैठेजोरि खेल्दै छन पत्रकार बिन्दू
Posted in समाचारहरु